काठमाडाैं। बाँके र कपिलवस्तुबाट तीनजना लागुऔषधसहित पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१४ बस्ने २० वर्षीय राम सिंह लोनियालाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंज, ईलाका प्रहरी कार्यालय हिरमिनिया र प्रहरी चौकी तेलियनपुबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । कपिलवस्तु, बाणगंगा नगरपालिका-८ पुलचोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित २ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय तोरण बहादुर थापा र २४ वर्षीय किसन पौडेल रहेका छन् ।थापाको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ