काठमाडौ । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरिया नाकाबाट स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।
बीआर ०५ वाई २६२४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारतस्थित पूर्वी चम्पारणका रामनिवास प्रसाद यादवलाई बीओपी बरैनियाले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका यादवलाई बरामद रुपैयाँ र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाइएको सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ