काठमाडौ । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरिया नाकाबाट स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।
बीआर ०५ वाई २६२४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारतस्थित पूर्वी चम्पारणका रामनिवास प्रसाद यादवलाई बीओपी बरैनियाले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका यादवलाई बरामद रुपैयाँ र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाइएको सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ