काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाल आरोहीहरूको जीवन बीमाको व्यवस्था गर्न सरकारसँग पहल गर्ने बताएका छन् ।
कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाले आज काठमाडौँमा आयोजना गरेको आरोही सम्मान कार्यक्रममा बोल्दै देउवाले आरोहीहरूको जीवन बीमा आवश्यक रहेकाले यस विषयमा प्रधानमन्त्रीसँग कुरा गर्ने बताए ।
देउवाले सगरमाथाको चुचुरोमा कांग्रेसको झण्डा पुर्याएर पार्टीको मात्रै नभएर देशकै लागि गौरवको विषय भएको जिकिर गरे । कार्यक्रममा सगरमाथामा कांग्रेसको झण्डा फहराउने आरोहीहरूलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ जेठ २०८०, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !