काठमाडौ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिइरहेको बताएका छन् ।
सोमवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भट्टराईले सबैले आ–आफ्नो कित्ता रोज्नुपर्ने बताए ।
उनले लेखेका छन्, ‘जिउँदो माछा पानीको धार/छालविरूद्ध पौडिन्छ । मरेको माछा धार/छालसँगै बग्छ । परिवर्तनकारी/अग्रगामी शक्ति र व्यक्तिहरू समय वा इतिहासको प्रतिक्रान्तिकारी/कट्टरपन्थी धार/छालविरूद्ध उभिन्छन्, लड्छन्; समाजलाई अग्रगामी बाटो देखाउँछन् । यथास्थितिवादी/अवसरवादी शक्ति र व्यक्तिहरू समय वा परिस्थितिको दास बन्दै त्यसै अनुरूप रंग बदल्छन्, बग्छन्; भीडको पछि दौडन्छन् । युगीन संकट र सम्भावनाको दोसाँधमा उभिएको वर्तमान विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिँदैछ । विवेकको प्रयोग गरौं; आ–आफ्नो कित्ता रोजौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ जेठ २०८०, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका
रवि लामिछानेलाई सशर्त रिहाको आदेश स्वागतयोग्य : बाबुराम भट्टराई
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव