काठमाडौ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिइरहेको बताएका छन् ।
सोमवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भट्टराईले सबैले आ–आफ्नो कित्ता रोज्नुपर्ने बताए ।
उनले लेखेका छन्, ‘जिउँदो माछा पानीको धार/छालविरूद्ध पौडिन्छ । मरेको माछा धार/छालसँगै बग्छ । परिवर्तनकारी/अग्रगामी शक्ति र व्यक्तिहरू समय वा इतिहासको प्रतिक्रान्तिकारी/कट्टरपन्थी धार/छालविरूद्ध उभिन्छन्, लड्छन्; समाजलाई अग्रगामी बाटो देखाउँछन् । यथास्थितिवादी/अवसरवादी शक्ति र व्यक्तिहरू समय वा परिस्थितिको दास बन्दै त्यसै अनुरूप रंग बदल्छन्, बग्छन्; भीडको पछि दौडन्छन् । युगीन संकट र सम्भावनाको दोसाँधमा उभिएको वर्तमान विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिँदैछ । विवेकको प्रयोग गरौं; आ–आफ्नो कित्ता रोजौं ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ जेठ २०८०, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई