काठमाडौं।कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै प्रतिपक्षी चार दलले विरोध गरेका छन् । संसदको चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।
नीति तथा कार्यक्रम नल्याई अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको भन्दै चार दलले संयुक्त विज्ञप्ति जारी गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले अल्पमतमा परेको वर्तमान सरकारले अध्यादेशबाट बजेट ल्याउनु संविधानको धारा १८४ को उपधारा (२), २०२ को उपधारा (१) विपरीत हुने भन्दै त्यस्तो बजेट अस्वीकार गर्ने चेतावनी दिएका छन् ।
संविधानको धारा २०७ ले पनि प्रत्येक आर्थिक वर्षमा प्रदेशसभामै बजेट पेश गर्नुपर्ने व्यवस्था गरेको बताउँदै संवैधानिक प्रावधानलाई हेक्का राख्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ध्यानाकर्षण गराएका छन् । रातो किताबमा राखिएका र खरिद प्रकृया अगाडि बढाएका आयोजनालाई कार्यान्वयनमा नलाने गरी सरकारले गरेको निर्णय गैरकानुनी र पूर्वाग्रही भएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् ।
प्रदेश सरकारको सञ्चित खातामा हालसम्म कुनै दबाब नपरेकोले निर्माणको काममा भुक्तानी नरोक्न उनीहरूले आग्रह गरेका छन् ।विज्ञप्तिमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादीसंसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राई र जसपा संसदीय दलकी नेता निर्मला लिम्बूले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ जेठ २०८०, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग