काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बजेटबारे सांसदहरुले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा आइतबार प्रतिनिधिसभा बैठकमा भाग लिँदै सांसद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा सम्बोधन हुने भनेकाले सो विषय कसरी समावेश गर्नु हुन्छ ? भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्न समेत गरे ।
‘केही दिन अगाडि नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भइरहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले नीति तथा कार्यक्रममा सन्दर्भमा उठेका विषयहरुलाई बजेटमा समावेश गरिनेछ भनेर भन्नु भएको थियो’, पौडेलले प्रश्न गर्दै भने, ‘म आफ्नो बोल्ने क्रममा प्रारम्भमा नै माननीय अर्थमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु–हामीले छलफलमा उठाएका यी विषयहरुलाई तपाईँले बजेटमा कसरी समावेश गर्नु हुन्छ ? यो संसदलाई स्पष्ट गराई दिनु हुन म अनुरोध गर्न चाहन्छु ।’
सांसद पौडेलले अर्थतन्त्रमा देखिएको समस्या आज उत्पन्न नभएको पनि बताए । ‘यो लामो व्यथितिले उत्पन्न गरेको परिणाम हो । भर्खर मात्रै पूर्वअर्थमन्त्रीजीले भन्नु भयो कि विगतको निरन्तरताले अर्थतन्त्रको संरचनागत सुधार सम्भव छैन’ सांसद पौडेलले मुलुकको अर्थतन्त्र कमजोर हुनुमा विगतदेखिका बेथितिहरु मुख्य कारण रहेको औंल्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ जेठ २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाधिवेशनविना निर्वाचनमा गए काँग्रेसको सर्मनाक हार हुन्छ : प्रदीप पौडेल
प्रदेश सरकारमा तीन मन्त्री भए पुग्छ: प्रदीप पौडेल
डिजी युथ काँग्रेस गठन गर्न केन्द्रीय समिति बैठकमा प्रदीप पौडेलको प्रस्ताव
अब राष्ट्रिय सहमतिको सरकार र संविधान संशोधन : प्रदीप पौडेल
मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउन सकिँदैनः मन्त्री पौडेल
स्वास्थ्यकर्मी उपत्यका बाहिर जानै नमान्ने मन्त्री पौडेलको गुनासो