महोत्तरी । मन्त्री वनेर झण्डा हल्लाउने मात्रका कारण काम नभएको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वताएका छन् ।
पद भनेको जिम्मेवारी मात्र भएको र उक्त जिम्मेवारीमा इमान्दारिताका साथ नलाग्दा जन्ताको काम नभएको गृहमन्त्री श्रेष्ठको तर्क छ ।
महोत्तरीको रामगोपालपुरमा नवनिर्मित वडा भवनको उदघाटन गर्दै गृहमन्त्री श्रेष्ठले जन्ताको समस्यामा नेता समेत इमान्दारी नभएको आरोप लगाए । कुरा गर्ने दिनको अन्त्य भएको वताउदै जन्तालाइ जनप्रतिनिधि र नेताहरुले काम गरेर नतिजा देखाउने समय आएकोप्रती सजग गराए ।
मिटरव्याज पिडितहरुको समस्यालाइ सरकारले प्रमुखताका साथ लिइरहेको वताउदै गृहमन्त्री श्रेष्ठले भने काइते कुरा गरेर कुनैपनी प्रहरिले पिडितलाई थप पिडा दिएको छ भने हामीलाइ उजुरी दिनुस हामी कारवाही गर्न तयार छौँ ।´मिटरव्याज पिडितको लागी जनप्रतिनिधिहरुले एजेन्डा वनाउन नसकेकोप्रती पनि गृहमन्त्री श्रेष्ठले गुनासो गरे ।
गृहमन्त्री श्रेष्ठले मधेशमा आउदा राष्ट्रिय एकताको झल्को आउने गरेको पनि अनुभव सुनाए । उन्ले भने - `मधेशका श्रमिकहरुले जहिलेपनी राष्ट्रिय स्वाधिन्ता र राष्ट्रिय एकताको लागी आवाज उठाउने गर्दछन्।´
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ जेठ २०८०, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो
गृहमन्त्रीले गरे आईजीपी खापुङको बिदाइ
मन्त्रालयले गरिरहेका सबै काम भन्न मिल्दैन : गृहमन्त्री अर्याल
‘फरार कैदी र लुटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेशन चलाउँछौँ’: गृहमन्त्री
गृहमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण