महोत्तरी । मन्त्री वनेर झण्डा हल्लाउने मात्रका कारण काम नभएको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वताएका छन् ।
पद भनेको जिम्मेवारी मात्र भएको र उक्त जिम्मेवारीमा इमान्दारिताका साथ नलाग्दा जन्ताको काम नभएको गृहमन्त्री श्रेष्ठको तर्क छ ।
महोत्तरीको रामगोपालपुरमा नवनिर्मित वडा भवनको उदघाटन गर्दै गृहमन्त्री श्रेष्ठले जन्ताको समस्यामा नेता समेत इमान्दारी नभएको आरोप लगाए । कुरा गर्ने दिनको अन्त्य भएको वताउदै जन्तालाइ जनप्रतिनिधि र नेताहरुले काम गरेर नतिजा देखाउने समय आएकोप्रती सजग गराए ।
मिटरव्याज पिडितहरुको समस्यालाइ सरकारले प्रमुखताका साथ लिइरहेको वताउदै गृहमन्त्री श्रेष्ठले भने काइते कुरा गरेर कुनैपनी प्रहरिले पिडितलाई थप पिडा दिएको छ भने हामीलाइ उजुरी दिनुस हामी कारवाही गर्न तयार छौँ ।´मिटरव्याज पिडितको लागी जनप्रतिनिधिहरुले एजेन्डा वनाउन नसकेकोप्रती पनि गृहमन्त्री श्रेष्ठले गुनासो गरे ।
गृहमन्त्री श्रेष्ठले मधेशमा आउदा राष्ट्रिय एकताको झल्को आउने गरेको पनि अनुभव सुनाए । उन्ले भने - `मधेशका श्रमिकहरुले जहिलेपनी राष्ट्रिय स्वाधिन्ता र राष्ट्रिय एकताको लागी आवाज उठाउने गर्दछन्।´
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ जेठ २०८०, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव