काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन निर्देशन दिएका छन । सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिवद्ध रहेको समेत बताए।
शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकीर गरे ।
सभापति देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन नदिने गरी कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान संचालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।
त्यस अवसरमा सभापति देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको स्मरण गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ जेठ २०८०, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संस्थापन टिमले स्वीकार गर्यो देउवाको आग्रह, पुसमा महाधिवेशन !
सिंगापुरको विमानस्थलबाट ह्विल चियरमा बाहिरिए देउवा दम्पती
देउवा दम्पती गए सिंगापुर
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल