काठमाडौँ । अघिल्लो साता झन्डै ९३ अङ्कले बढ्दै १८ सय ६६ अङ्कको विन्दुमा उक्लिएको नेप्से सूचकमा यो साता थप ७३ अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार यो साता नेप्से सूचक ७३.२७ अङ्कले बढ्दै १९३९.६१ अङ्कको विन्दुमा उक्लिएको हो । अघिल्ला साताको अन्तिम कारोबार दिन बिहीबार अर्थात् जेठ १८ गते नेप्से सूचक १८ सय ६६.३४ अङ्कको विन्दुमा रहेको थियो भने यो साताको बिहीबार १९ सय ३९.६१ अङ्कको विन्दुमा पुगेको छ ।
यद्यपि, अघिल्लो साताको तुलनामा केही अङ्कले नेप्से सूचक वृद्धि घट्दै गर्दा यता कारोबार रकम समेत घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल १० अर्ब १५ करोड २१ लाख २ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो हप्ता झन्डै ९३ अङ्कले नेप्से बढेको बजारमा १० अर्ब ७४ करोड ६३ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको थियो ।
अघिल्लो सातामा जस्तै यो साता पनि सेयर मार्केट क्यापिटलाइजेशन १ खर्ब माथिले बढ्न पुगेको छ । अघिल्लो साता २७ खर्ब २४ अर्ब ६५ करोड ५१ लाख ४० हजार रुपैयाँ रहेको मार्केट क्यापिटलाइजेशनमा थप १ खर्ब ९ अर्ब ७१ करोड ३० लाख वृद्धि भएको छ । स्टक एक्सचेन्जका अनुसार जेठ २५ गतेसम्मको सेयर मार्केट क्यापिटलाइजेशन २८ खर्ब ३४ अर्ब ३६ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै
लगातार चौथो दिन घट्यो सेयर बजार
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक