काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल थालेको छ । सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय गरेपछि आयोगले सर्वदलीय बैठक बोलाएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहान साढे ११ बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई बोलाएको हो । सरकारले आर्थिक वर्ष २०८०/०८१ बाट ७७ वटै जिल्ला निर्वाचन आयोग खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहत राख्ने निर्णय गरेको छ ।
यसअघि आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णयका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेर निर्णय फिर्ता लिन ध्यानाकर्षण गराइसकेको छ ।
बुधबार संसद बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले निर्वाचन कार्यालय हटाउने सरकारको निर्णयबारे प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा