चितवन । भरतपुर महानगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुका लागि उन्नत जातका बाख्रा बितरण गरेको छ । अपाङ्गता भएका ब्यक्तिहरुको दैनिक जिबनयापनमा सहजता ल्याउनको लागि महानगरपालिकाले बाख्रा बितरण गरेको हो । भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गताका अभिभावक सघ चितवनले अपाङ्गता भएका ब्यक्तिहरुका लागि समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रम अन्तर्गत रहेर बाख्रा बितरण गरेको हो ।
कार्यक्रममा बाख्रा बितरण गर्दै नगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको प्रष्ट पारे । बाख्रा बितरण कार्यक्रम सानो भए पनि यो आर्थिक समृद्धिमा जाने सकेत हो उप प्रमुख अधिकारीले भने, यो एउटा सानो बीउ पुजि हो । भरतपुर महानगरपालिका घर आगनको स्थानीय सरकार भएको हुँदा सबैलाई अपनत्व हुने गरि सरकारको सेवा तल्लो तहका नागरिक सम्म पुर्याएको उनको टिप्पणी छ । हाललाइ महानगरपालिकाले साकेतिक रुपमा पाँच वटा उन्नत जातका बाख्रा बितरण गरेको भएपनी आगामी दिनमा यो कार्यक्रम निरन्तर भइरहने पनि उप प्रमुख अधिकारीले बताए । यो कार्यक्रम एक घर एक रोजगारीको अबधारणामा रहेको समेत उनको टिप्पणी छ ।
भरतपुर महानगरपालिकाले आगामी दिनमा अपाङ्गता भएका ब्यक्तिहरुको लागि सहायता सामाग्री बितरण,ब्रेल अर्थात सेतो छडी बितरण,शैक्षिक सामाग्री बितरण लगाएतका अन्य थुप्रै कार्यक्रमहरु गर्ने लक्ष्य लिएको छ । यसका अलवा महानगरपालिकाले समावेशी शिक्षाको क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
कार्यक्रममा स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा निर्देशक शान्ता कुमारी पौडेल,अपाङ्गता समाज चितवनका अध्यक्ष होमनाथ अधिकारी लगाएतले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान