चितवन । भरतपुर महानगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुका लागि उन्नत जातका बाख्रा बितरण गरेको छ । अपाङ्गता भएका ब्यक्तिहरुको दैनिक जिबनयापनमा सहजता ल्याउनको लागि महानगरपालिकाले बाख्रा बितरण गरेको हो । भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गताका अभिभावक सघ चितवनले अपाङ्गता भएका ब्यक्तिहरुका लागि समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रम अन्तर्गत रहेर बाख्रा बितरण गरेको हो ।
कार्यक्रममा बाख्रा बितरण गर्दै नगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको प्रष्ट पारे । बाख्रा बितरण कार्यक्रम सानो भए पनि यो आर्थिक समृद्धिमा जाने सकेत हो उप प्रमुख अधिकारीले भने, यो एउटा सानो बीउ पुजि हो । भरतपुर महानगरपालिका घर आगनको स्थानीय सरकार भएको हुँदा सबैलाई अपनत्व हुने गरि सरकारको सेवा तल्लो तहका नागरिक सम्म पुर्याएको उनको टिप्पणी छ । हाललाइ महानगरपालिकाले साकेतिक रुपमा पाँच वटा उन्नत जातका बाख्रा बितरण गरेको भएपनी आगामी दिनमा यो कार्यक्रम निरन्तर भइरहने पनि उप प्रमुख अधिकारीले बताए । यो कार्यक्रम एक घर एक रोजगारीको अबधारणामा रहेको समेत उनको टिप्पणी छ ।
भरतपुर महानगरपालिकाले आगामी दिनमा अपाङ्गता भएका ब्यक्तिहरुको लागि सहायता सामाग्री बितरण,ब्रेल अर्थात सेतो छडी बितरण,शैक्षिक सामाग्री बितरण लगाएतका अन्य थुप्रै कार्यक्रमहरु गर्ने लक्ष्य लिएको छ । यसका अलवा महानगरपालिकाले समावेशी शिक्षाको क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
कार्यक्रममा स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा निर्देशक शान्ता कुमारी पौडेल,अपाङ्गता समाज चितवनका अध्यक्ष होमनाथ अधिकारी लगाएतले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता