काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले बढेको छ । आज नेप्से ४.६८ अंकले बढेर एक हजार ९ सय ३२ दशमलब ३३ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से २५.६६ अंकले बढेर एक हजार ९ सय २७ दशमलब ६५ विन्दुमा बन्द भएको थियो ।
शेयर बजार बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ७४ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३५३ रुपैयाँ पुगेको छ ।
आज सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढीे सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज १० करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ जेठ २०८०, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार
दोहोरो अंकले घट्यो नेप्से