शिक्षा क्षेत्रमा कमिसनतन्त्रले ठ्याक्कै घडेरी किनबेचजस्तो : भण्डारी

सुरेन कुँवर

सोमबार, १४ साउन २०७५, १६ : ००
शिक्षा क्षेत्रमा कमिसनतन्त्रले ठ्याक्कै घडेरी किनबेचजस्तो : भण्डारी

इञ्जिनियर हरि भण्डारी शैक्षिक क्षेत्रको लागि नौलो नाम होइन । उहाँ १८ वर्षअघि नवलपरासीको गैँडाकोटमा अक्सफोर्ड कलेज स्थापना गरी निरन्तर यस क्षेत्रमा क्रियाशील हुनुहुन्छ । २०२२ सालमा भारतको आसाममा जन्मिनु भएका भण्डारीको बाल्यकाल पश्चिम चितवनको दिव्यनगरमा बित्यो । दिव्यनगरको आदर्श माविबाट एसएलसी, वीरेन्द्र बहुमुखी क्याम्पसबाट आईएस्सीहुँदै भारतको चेन्नाईबाट कम्प्युटरमा स्नातकोत्तरसम्मको अध्ययन गर्नु भएको छ । अक्सफोर्ड कलेजको संस्थापक प्रार्चाय भई हालसम्म उहाँले यसको नेतृत्व गर्दै आइरहनु भएको छ ।
प्रस्तुत छ, अक्सफोर्ड कलेजको स्थापना, भोगाई र समृद्ध नेपालमा आइटीको भूमिकाबारे सफल खबरले गरेको कुराकानी :

अक्सफोर्ड कलेजको नामकरण कसरी भयो ?
अक्सफोर्ड कलेजको नामकरण कसरी भयो भन्नुहुन्छ भने, म ईन्जिनियरिङ पढेर भारतबाट नेपाल आएर नयाँ काम गर्नुपर्छ भन्ने सोचेँ । यस्तो नामकरण गर्नुपर्छ जुन हाम्रो समाजमा चीरपरिचित होस् । अक्सफोर्ड संसारको सबैभन्दा उच्चकोटीको विश्वविद्यालय हो । यसले शिक्षा उपलब्ध गराउँछ भनेर परिचय दिन पर्दैनथ्यो । त्यो परिचय नेपालमा हामी किन दिन सक्दैनौँ भन्ने लाग्यो । अनि नाम अक्सफोर्ड दियौँ । अक्सफोर्ड कलेज स्थापना गर्दा अक्सफोर्ड कम्प्युटर इन्टरनेसनल प्रा. लि. भनेर ट्रेनिङ सेन्टरको नामबाट सुरुवात ग¥यौँ ।

अक्सफोर्डको जन्म हुनुको कारण के हो ?
हामीले शिक्षा क्षेत्रमा राम्रोसँग परिवर्तन गर्न सक्यौँ भनेमात्र राष्ट्र परिवर्तन हुन्छ । सही किसिमको शिक्षा अहिले पनि दिन सकेका छैनौँ । अक्सफोर्ड कलेजको किन आवश्यकता छ भने सन् २००० सालमा हामीले कलेजलाई स्थापना ग¥यौँ । त्यतिबेला आईटी भन्ने चिज नै थिएन । ट्रेनिङ सेन्टरहरु पनि खुलेका थिएनन् । २००४ बाट अक्सफोर्डले एकेडेमिक रुपमा आइटीलाई अगाडि बढायौँ । अक्सफोर्डको जन्म हुनुको कारण भनेको शिक्षाको माध्यमबाट आइटीमार्फत समाजलाई परिवर्तन गर्न, संसारले आइटीमा गरेको नयाँ नयाँ कोर्स, प्रविधि, व्यवस्थापन र ईन्जिनियरिङमा ज्ञान दिनु नै हो ।

यसबाहेक कुन कोर्सहरुलाई सँगै लिएर जानु भएको छ ?
सबैभन्दा पहिला हामीले इन्फर्मेसन टेक्नोलोजी नै ग¥यौँ । बीसीए (ब्याचलर इन कम्प्युटर एप्लिकेशन) भन्ने कोर्ष सुरुवात गरेका हौँ । यसको बिषय कमिटिमा बसेर सिलेबल बनाउनेदेखि कार्यान्वयन गर्नेसम्मका काम हुन्छन् ।
शुरुमा व्यवथापन संकायमा तीनबर्षे कोर्स थियो, त्यसलाई ४ बर्षे बनाएर त्यसलाई साईन्स एण्ड टेक्नोलोजीमा लैजाने काम ग¥यौँ । अहिलेको समयमा व्यवस्थापन पक्ष सबैभन्दा बलियो पक्ष रहेछ, व्यवस्थापनले सबैलाई व्यवस्थापन गर्नुपर्ने हुँदोरहेछ । मैले अहिले सूचना र प्रविधिलाई व्यवस्थापन भन्ने विषय पढाउँदै आइराखेको पनि छु । तपाईले सूचना र प्रविधिको प्रयोगबिना अहिले कुनै पनि व्यवसायहरु चल्दैनन्, सर्भिस चल्दैन । सूचना र प्रविधिलाई अपडेट पनि गर्न प¥यो, अपडेप गरेपछि व्यवस्थापन गर्न प¥यो, व्यवस्थापन गर्न सीप चाहियो । त्यसैले हामीले बिबिए प्रोग्रामलाई ल्यायौँ ।
अहिले हामीलाई यी ३ कुरालाई समानान्तर रुपमा अगाडि बढाएका छौँ । ३ वटा कुरालाई थप गर्ने विषयहरुलाई समावेश गर्दै अगाडि बढ्न खोजिरहेका छौँ । अहिले नेपालमा यस्ता विषयहरु पनि छन्, जो बेरोजगारी उत्पन्न गरिरहेका छन् ,त्यस्ता विषयहरुलाई हामी राख्दैनौँ । हामीसँग भएका स्रोत र साधानले धेरै कोर्सहरु अगाडि बढाउन हामी सक्षम छौँ । त्यसका लागि हामीले आह्वान पनि गरिरहेको अवस्था हो ।

अक्सफोर्ड नै किन ?
यदि तपाईले राम्रो संस्कार सिक्नु छ भने अक्सफोर्ड एकपटक आउनु होला । शिक्षा क्षेत्रमा कमिसनतन्त्र चल्यो । ठ्याक्कै घडेरी किनबेच गरेकोजस्तो भएको छ । एउटा सफल बच्चा उत्पादन गर्नुहुन्छ । भर्ना नगर्ने भएपनि एकपटक अक्सफोर्ड आउनु होस् । हामीलाई भेट्नुस् ।

त्यसो भए किन देशमा धेरै बेरोजगारीको समस्या छ ? सबै जना विदेश नै जानुपर्ने ट्रेन्ड बढ्दो छ ? तपाईले यो विषयलाई कसरी हेर्नु भएको छ ?
म स्पष्ट बोल्ने मान्छे । हाम्रो संकार नराम्रो बसेको छ । नेपालको परिस्थितिलाई बोलेको हो । एउटा नेपालीले कक्षा १० जोड २ सम्म नेपाल सरकारको लागनीमा पढ्छ । राष्ट्रलाई दिने बेलामा उ विदेश जान्छ । यो नेपालको लागि दुर्भाग्य हो । यसमा मेरो दुखेसो छ ।
नेपालमा खुबी भएको मान्छेलाई सम्मान हुँदैन । मैले अहिले अवार्ड लिन यूरोप जानु पर्ने हो त ? विदेशमा भन्दा नेपालमै यो अवार्ड पाएको भए अझ धेरै खुशी हुने थिएँ म ।
हामीसँग सँस्कार भएन । धेरै कारण छ । पहिलो राजनीतिक उतारचढाव र दोस्रो उसको एटिच्युड । मैले विदेशमा देखेको कुरा ९९ प्रतिशत भाँडा माझ्ने काम गर्दछन् । हाम्रा बुबाआमा त्यसमा गर्व गर्छन् । त्यो कारणहरुले बाध्यताले भन्दा पनि ईच्छाले विदेश गएका छन् ।

अक्सफोर्डले पाएका अवार्डहरु कुन कुन छन् ?
हामीले राष्ट्रिय स्तरमा धेरै अवार्ड पाएका छौँ । स्थानीयस्तरमा पनि पाएका छौँ । डिन लिष्ट अवार्ड हालसम्म ७७ जना विद्यार्थीले प्राप्त गरेका छन् । अहिले पाएको अवार्ड चाहिँ अक्सफोर्डले मात्र होइन, यो नेपालले पाएको हो । मैले युरोप लिएको अवार्ड जुन धेरै देशहरुका बीचमा सर्वोत्कृष्ट भएर अक्सफोर्ड त्यस ठाँउमा पुगेको छ । यो सबै हामीहरुको मिहिनेत हो । विश्वका १ सय १९ राष्ट्रहरुलाई नेपालको परिचय दिएका छौँ ।

अबको स्मार्ट नेपाल कस्तो हुनु पर्दछ ?
सर्वप्रथम स्मार्ट कस्तो कुरालाई भन्ने बारेमा आमजनतालाई बुझाउन जरुरी छ । हामीले स्मार्ट भनेको बुझेका छैनौँ । स्मार्ट भनेको हेर्दा चुस्त, दुरुस्त, पर्फेक्ट र वेल म्यानेज्ड हो । आईटीलाई किन पर्यायवाची बनाइएको छ भने आईटीको प्रयोगबिना स्मार्ट बन्न सक्दैनौँ । स्मार्ट भनेको तपाईलाई हेर्दा कस्तो देखिएको छ ? तपाईले लगाएको कपडा ,बोली, चालचलनलाई स्मार्ट भनिएको हो नि त । अहिले स्मार्ट सिटी बनाउने भन्ने सुनिन्छ तर प्रायोगात्मकभन्दा सैद्धान्तिक कुराहरुलाई बढी जोड दिने गरिन्छ । अहिलेको परिस्थितिलाई परिवर्तन गर्न सक्छौँ, अलिकतिमात्र सुधार गर्न सक्यौँ भने स्मार्टको एउटा सिम्बल दिन सक्छौँ ।
हामीले यूरोपको जस्तो स्मार्ट सिटी बनाउन अझै १ सय बर्ष लाग्छ । म लेखेर दिन्छु ,जस्तोसुकै काम गर्ने मान्छे आयो भनेपनि योचाहिँ सजिलै हुने कुरा होइन । अब रह्यो हामीले कसरी स्मार्ट बनाउने ? हामी फोहरको राम्रोसँग मात्रै व्यवस्थापन गर्न सक्यौँ भने स्मार्ट हुन सक्छ । ट्राफिक व्यवस्थापनलाई सही ढङ्गबाट राख्ने, बाटो वरपर हरियाली बनाउन सक्यौँ भने राम्रो रोड स्मार्ट हुन सक्छ । तर शिक्षालाई स्मार्ट बनाउन नेपालमा धेरै कठिन छ । किनकी नेपालको शिक्षामा राजनीतिकरण घुसेको छ । अहिले भएका कुराहरुलाई मोडिफाई गर्नु नै स्मार्ट तर्फ जानु हो ।

नेपालमा आईटीसँगै स्मार्ट नेपाल निर्माण गर्न मान्छे विदेशबाट ल्याउनु पर्छ कि पर्दैन ? अक्सफोर्डले भूमिका निभाउन सक्छ ?
सफ्टवेरको क्षेत्रमा तपाई जे चाहनुहुन्छ, त्यो हामी बनाउन सक्छौँ । समयचाहिँ लाग्छ । हामीसँग त्यति क्षमता छ । स्मार्ट सिटीलाई आवश्यक पर्ने कुराको लागि अलि बढी समय चाहिन्छ । धेरै महँगो हुन सक्छ । टेक्नोलोजी भन्ने कुरा सेयरिङ गर्ने कुरा हो । हामी धेरै भाग्यमानी पनि छौँ । तर हामीले कार्यान्वयन गर्न सकेका छैनौँ । हार्डवेयर टेक्नोलोजीमा चीन आज विश्वको पावरफुल देशको रुपमा छ भने सफ्टवेयरको क्षेत्रमा भारत पावरफुलमा छ । हामी बिचमा छौँ । यो दुई वटा राष्ट्रलाई समन्वय गर्नमात्र सक्यौँ भने स्मार्ट सिटी बनाउनलाई कठिनाई छैन ।

 

प्रतिक्रिया दिनुहोस