कालिकोट । नरहरीनाथ गाउँपालिका वडा नम्बर ५ रुप्साकी १७ वर्षीय किशोरीको गोली लागेर मृत्यु भएको छ । जेठ १९ गते दिउँसो मकै बारीमा मकै गोड्दैगर्दा स्थानीय एक शिकारीको गोली लागेर १७ वर्षीय एलिसा सहकारी घाइते भएकी थिइन् ।
घाइते सहकारीको प्रथामिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो । उपचारकै क्रममा उनले आज सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए ।
रुप्साकै एक स्थानीयले बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी एलिसाको टाउकोमा लागेको थियो । मृतमको आजै पोष्टमाटम गरी अन्तेष्टी गरिएको छ । उनी कक्षा १० मा अध्ययनरत थिइन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या