जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २१ जेठ २०८०, १४ : २६
जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

काठमाडौं । दक्षिणकाली नगरपालिका-४ चाल्नाखेलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७२ वर्षीय रामशरण खत्री समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५२ हजार ३ सय ४५ रुपैयाँ, तास, पासा गोटी १६ थान, पासा डण्डी ३ थान र पासा खेल्न प्रयोग भएको कपडाको चारपाटे पासा बोर्ड १ थानसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस