काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको भन्दै एमालेले संसद अवरुद्ध गर्न लागेको हो । ‘संसदलाई छलेर राष्ट्रपतिबाट गैरसंवैधानिक कार्य भएको छ,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति हाम्रो असहमति हो । संसद चल्न दिदैनौं ।’
प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । तर निर्धारित समयमा बैठक सुरु हुन सकेको छैन । राष्ट्रपति पौडेलले १७ जेठमा नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । दुवै सदनले दुईपटक पारित गरेर पठाएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेकी थिइन् । मन्त्रिपपिरषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह सहितको पत्र राष्ट्रपतिलाई १२ जेठमा लेखेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प