काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार बस्ने भएको छ । बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने कार्यसूची छ ।
तर, आजको बैठकको सुरुमै अवरोध गर्ने प्रमुख प्रतिपक्षी दल एमालेको तयारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहीतविपरीत अभिव्यक्ति दिएको ठहर गर्दै एमालेले अवरोधको तयारी गरेको हो ।
शनिवार बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीप्रचण्डले भारत भ्रमणका क्रममा गैरजिम्मेवार अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने निर्णय गरेको थियो ।
भ्रमणका क्रममा सीमा समस्याका बारेमा कुरा राख्न नसकेको, ईपीजी प्रतिवेदन बुझ्ने विषयमा छलफल हुन नसकेकोलगायत विषयमा प्रधानमन्त्रीसँग संसद्मा जवाफ माग गर्ने एमालेको निर्णय छ ।
यस्तै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बङ्गलादेशसम्म पुग्ने बाटो दिए कालापानी र लिपुलेक दिन सकिने विवादास्पद अभिव्यक्ति दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन : १५ जिल्लामा प्रतिनिधि छनौटमा धाँधली भएको पोखरेल पक्षको आरोप
केन्द्रीय कमिटीमा १० प्रतिशत युवा सुनिश्चित गर्ने एमालेको तयारी
ओलीको सहजताका लागि एमालेले फेरि विधान संशोधन गर्ने
उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले : एमाले महासचिव पोखरेल
आज प्रतिनिधि सभा विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा सुनुवाइ हुँदै
एमाले नेता कर्ण थापालाई पार्टी कार्यालयमै दुर्व्यवहार