काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन । शनिवार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताए ।
उनले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै उनले अब युवा पुस्ताकै पालो भएको बताए । उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे ।
उनले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने बताए । उनले आफूले नेपाली काँग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै आफूले सहयोग गर्ने मात्रै रहेको बताए ।
सभापति देउवाले सबै एकजुट भएर लागेमात्रै पार्टीलाई बलियो बनाउन सकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० जेठ २०८०, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार