काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि नयाँ उचाइमा पुगेकाे छ। बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ।योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बिहीबारको सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि बुधबार सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ४१० रुपैयाँ कायम भएको थियो। बुधबार पनि तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो