काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको छानबिन गर्न जरुरी रहेको बताएका छन्।
सातै प्रदेशमा अभियानअन्तर्गत कर्णाली आइपुगेका अध्यक्ष लिङ्दे्नले आइतबार बिहान सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै राजदरबार हत्याकाण्डको छानबिन हुनुपर्ने आफ्नो पार्टीको माग भएको बताए।
‘राजदरबार हत्याकाण्डको छानबिन गर्न कुनै आपत्ति छैन। छानबिन गर्न जरुरी छ’, उनले भने, ‘हामीले यी सबै माग राखेका छौँ।’
नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै उनले देशका तमाम भ्रष्टाचार काण्डको अनुसन्धान हुनुपर्ने आफ्नो पार्टीको माग भएको बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकप्रियताको हिसाबले रास्वपापछि दाेस्राे स्थानमा राप्रपा छ: राजेन्द्र लिङ्देन
‘देश जित्नेको मात्र होइन, हार्नेको पनि हो, अलिकति परिपक्व व्यवहार गर्नुस्’: राजेन्द्र लिङ्देन
गृहमन्त्रीबारे सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छः राजेन्द्र लिङ्देन
रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
‘कमल दाइ नहुँदा अपूर्ण जस्तो लाग्थ्यो, रुँदै हिँड्न पनि मिलेको थिएन’: राजेन्द्र लिङ्देन
राजनीतिलाई पैसा कमाउने माध्यम नबनाऔँ : राजेन्द्र लिङ्देन