काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको छानबिन गर्न जरुरी रहेको बताएका छन्।
सातै प्रदेशमा अभियानअन्तर्गत कर्णाली आइपुगेका अध्यक्ष लिङ्दे्नले आइतबार बिहान सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै राजदरबार हत्याकाण्डको छानबिन हुनुपर्ने आफ्नो पार्टीको माग भएको बताए।
‘राजदरबार हत्याकाण्डको छानबिन गर्न कुनै आपत्ति छैन। छानबिन गर्न जरुरी छ’, उनले भने, ‘हामीले यी सबै माग राखेका छौँ।’
नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै उनले देशका तमाम भ्रष्टाचार काण्डको अनुसन्धान हुनुपर्ने आफ्नो पार्टीको माग भएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई पैसा कमाउने माध्यम नबनाऔँ : राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल