गृहमन्त्रीबारे सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छः राजेन्द्र लिङ्देन

सफल खबर संवाददाता

सोमबार, ०७ बैशाख २०८३, १५ : ०९
गृहमन्त्रीबारे सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छः राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा साझेदारी भेटिएकोबारे सरकारले आफ्नो धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन्।

सांसदहरूसँगको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै गृहमन्त्रीबारे रास्वपा सभापति रवि लामिछानेले गृहमन्त्रीको बारेमा आफ्नो पोजिशन क्लियर गर्नुपर्ने बताए।

उनले भने, ‘सुशासनको कुरा गर्ने गृहमन्त्रीको बारेमा अहिले सञ्चार माध्यममा जे आइराखेको छ । त्यसको बारेमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छ । गृहमन्त्रीले आफ्नो पोशिजन क्लियर गर्नुपर्छ । पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिशन क्लियर गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस