‘देश जित्नेको मात्र होइन, हार्नेको पनि हो, अलिकति परिपक्व व्यवहार गर्नुस्’: राजेन्द्र लिङ्देन

सफल खबर संवाददाता

सोमबार, २५ जेठ २०८३, १२ : ३९
‘देश जित्नेको मात्र होइन, हार्नेको पनि हो, अलिकति परिपक्व व्यवहार गर्नुस्’:  राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको नेतृत्व दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई परिपक्व व्यवहार देखाउन सुझाव दिएको छ ।

 सोमवार रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सकेपछि बाहिरिने क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरूलाई अपरिपक्व व्यवहारहरू नदेखाउन सुझाव दिएको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘वैदेशिक सम्बन्धका सवालमा अपरिपक्व व्यवहारहरू देखाउनु भएन । देश जित्नेको मात्र होइन, हार्नेको पनि हो । र, यो सरकारले गर्ने गलत क्रियाकलापको सिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ । त्यसकारणले अलिकति परिपक्व व्यवहारहरू गरियोस् ।’

प्रधानमन्त्री बालेन शाहले संसदमा सीमा सम्बन्धमा दिएको मन्तव्य र रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणका बेला ‘हामीले विगतको भारी बोक्दैनौँ भनेर’ दिएको अभिव्यक्ति अपरिपक्व भएको राप्रपाको ठहर रहेको छ ।

प्रतिक्रिया दिनुहोस