काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई आलोचनाको दृष्टिकोणले मात्रै नहेर्न विपक्ष दलका सांसदहरुलाई आग्रह गरेका छन।
लेखकले आफू सरकारमा रहँदा देश झिलिमिली देख्ने र विपक्षमा रहँदा देश अन्धकारमय देख्ने दृष्टिले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा जान नसक्ने समेत बताए।शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै उनले सरकारमा रहँदा राम्रो देख्ने र नरहँदा देश अन्धकारमय देख्न नहुने बताए ।
प्रमुख सचेतक लेखकले सरकारको नीति तथा कार्यक्रम सही विश्लेषणको साथ आएको उल्लेख गर्दै त्यसको कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताए ।उनले केपी ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति कटाक्ष गर्दै पानी जहाज चढेर स्वार्गानुभूति गरेको तर त्यो कार्यान्वयन हुन नसकेको स्मरण गराए ।
प्रमुख सचेतक लेखकले सरकारले ल्याएको नति तथा कार्यक्रमको पक्षमा आफ्नो पार्टीले मतदान गर्ने जानकारीसमेत दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा जवाफ दिँदै गृहमन्त्री
विपद् उद्दार कार्यमा सशस्त्र प्रहरीप्रतिको भरोसा बढ्दो छ : गृहमन्त्री लेखक
सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक
कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा समस्या छैन : गृहमन्त्री लेखक
‘नयाँ वर्षसँगै लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुनेछ’: गृहमन्त्री लेखक
यातायात व्यवसायीको भूमिका अतुलनीय : गृहमन्त्री लेखक