पूर्व गृहमन्त्री रमेश लेखक रिहा

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०८२, ११ : ५२
पूर्व गृहमन्त्री रमेश लेखक रिहा

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा भएका छन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । 

लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको भट्टराईले बताए ।

मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखक भक्तपुरबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस