काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले के कामलाई कति प्राथमिकताका साथ अगाडि बढाउने विषयमा आफूहरूसँग ‘चेकलिष्ट’ नै भएको बताएका छन् ।रास्वपाको ललितपुर महानगर भेलालाई सम्बोधन गर्दै लामिछाने यस्तो दाबी गरेका हुन् ।
रास्वपा जनताको आवश्यकताको कारण जन्मिएको पार्टी भएको हुनाले यसले जनताका आवश्यकता अनुरूप ‘चेकलिष्ट’ नै तयार पारेको र उक्त ‘चेकलिष्ट’ को पहिलो नम्बरमा नै भ्रष्टाचार अन्त्य भनेर लेखिएको लामिछानेको भनाई छ ।
‘पहिला के गर्ने र पछि के गर्ने भन्ने कुराको चेकलिष्ट राष्ट्रिय स्वतन्त्र पार्टीसँग छ र त्यो चेकलिष्टको बुँदा नम्बर १ मा भ्रष्ट्राचार अन्त्य भनेर लेखेका छौँ । हामीले चेकलिष्ट अनुसार काम गर्छौँ । तपाईँले दिनु भएको चेकलिष्ट समाजले दिएको चेकलिष्ट’ उनले भने ‘हाम्रो मूल काम भ्रष्टाचारको जरो उखाल्नु नै हो । हामी हाम्रो चेकलिष्टमा भएका सबै काम गर्छौँ । तर जत्ति भोक लागे पनि थाल खान सकिन्न खाने भनेको गाँस नै र हाम्रो पहिलो गाँस भ्रष्टाचारको अन्त्य हो।’शरणार्थी प्रकरणमा मुछिएकाहरू जरा नभई हाँगा मात्रै भएको उनले बताए ।
उनले भने, ‘अहिले शरणार्थी प्रकरणमा मुछिएका मानिसहरू देखेर तपाईँहरूलाई ओहो कत्रा कत्रा मान्छे समातिए भन्ने तपाईँहरूलाई लागेको होला तर म भन्छु अहिले जो देखिएका , ठुला भनिएका नेताहरू जो समातिए ती भ्रष्टाचारका जरा होइनन् हाँगा मात्र हुन् । अहिले जरा सम्म पुग्न सकेको अवस्था छैन । त्यसैले जरा सम्म पुगोस् भनेर रास्वपाले आवाज उठाउन थालियो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने