काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता ९०० रुपैयाँले सुनको मूल्य घटेको जनाएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ८०० रुपैयाँ कायम छ ।
साताको आइतबार तोलामा ८०० रुपैयाँले सुनको भाउ बढेको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पुनः ८०० ले घटेको थियो । यस्तै, बुधबार ६०० ले उकालो लागेको सुनको मूल्य विहीबार स्थिर कायम थियो भने शुक्रबार तोलामा ५०० रुपैयाँले घटेको थियो ।
यस्तै, यो साता चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । महासंघले गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ कायम गरेको थियो । जुन, २५ रुपैयाँले घटेसँगै यो साताको शुक्रबार १३ सय ४५ रुपैयाँमा आइपुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?
सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग
सुनको मूल्य स्थिर,चाँदीको मूल्य कति ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य घट्यो
सुनचाँदी व्यवसायीले खोले पसल