काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता ९०० रुपैयाँले सुनको मूल्य घटेको जनाएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ८०० रुपैयाँ कायम छ ।
साताको आइतबार तोलामा ८०० रुपैयाँले सुनको भाउ बढेको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पुनः ८०० ले घटेको थियो । यस्तै, बुधबार ६०० ले उकालो लागेको सुनको मूल्य विहीबार स्थिर कायम थियो भने शुक्रबार तोलामा ५०० रुपैयाँले घटेको थियो ।
यस्तै, यो साता चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । महासंघले गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ कायम गरेको थियो । जुन, २५ रुपैयाँले घटेसँगै यो साताको शुक्रबार १३ सय ४५ रुपैयाँमा आइपुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो