काठमाडौं । जनमत पार्टीले आज जनप्रतिनिधि समन्वय समितिको बैठक बोलाएको छ । सो बैठकमा स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित वडाअध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखहरूको उपस्थिति रहने पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए । बैठकमा पार्टीको अवधारणाअनुरुप आगामी नीति तथा कार्यक्रमको खाका कोर्ने र स्थानीय बजेटमा समावेश गर्न सुझाव दिइने बताइएको छ ।
गत आर्थिक वर्षको योजना तथा कार्यक्रमको समीक्षा गर्दै आगामी साउन ६ गते हुने जनमत संग्रहको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । बैठकमा स्थानीय तहका प्रतिनिधिले गरेका कामको पनि समीक्षा हुने र त्यसको आधारमा अगामी कार्यकालको यात्र तय गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा
फुट्यो जनमत पार्टी, नयाँ दलका लागि आयोगमा निवेदन
जनमतले बोलायो सचिवालय बैठक
मधेशमा दुई मन्त्री फेर्दै जनमत
नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
आज साँझ जनमत पार्टीको बैठक बस्दै