काठमाडौँ । जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका दुई सांसदलाई निष्कासन गर्ने सिफारिस गरेको छ।
शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मू र विनिता सिंहलाई कारबाही गर्दै सांसद पदबाट निष्काशन गर्न सिफारिस गरेको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिए।
उनले भने, ‘उहाँहरू पार्टीको चेन अफ कमाण्डमा नबसेको र संसदमा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण कारबाहीको लागि सिफारिस गरिएको हो। अनुशासन विभागमा यो विषय राखिएको छ।’
पार्टी अध्यक्ष डा. सिके राउतको नेतृत्वमा रहेको अनुशासन विभागले सो विषयमा निर्णय गर्ने पनि उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फुट्यो जनमत पार्टी, नयाँ दलका लागि आयोगमा निवेदन
जनमतले बोलायो सचिवालय बैठक
मधेशमा दुई मन्त्री फेर्दै जनमत
नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
आज साँझ जनमत पार्टीको बैठक बस्दै
जनमत र नाउपाबीच १७ गते एकीकरण घोषणा हुने