साताको सेयर बजार : ८१ अंकले बढ्यो नेप्से, ४ अर्ब ८५ करोडको कारोबार

सफल खबर संवाददाता

शुक्रबार, १२ जेठ २०८०, १४ : ४७
साताको सेयर बजार : ८१ अंकले बढ्यो नेप्से,  ४ अर्ब ८५ करोडको कारोबार

काठमाडौँ । यो साता पनिसेयर बजारका लागि उत्साहपूर्ण नै रह्यो । १८ सय ७७ अंकको विन्दुमाबाट सुरु भएको नेप्से सूचक यो सातामा ८१.८ अंकले बढ्दै १९ सय ५९.१२ अंकको विन्दुमा उक्लिएको छ । 

साथै यो साता कारोबार रकम समेत बढोन्नती हुँदै ४ अर्ब ८५ करोड ६५ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यद्यपि, यस साता चार दिन मात्र सेयर कारोबार भएको छ । बिहीबार सार्वजनिक बिदा परेकाले कारोबार हुन सकेन । 

अद्यपि, अघिल्लो हप्ता पाँचै कारोबार दिन खुलेको बजारमा ४ अर्ब ५३ करोड २६ लाख ८९ हजार ११३ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस्तै यो साता मार्केट क्यापिटलाइजेशन (सेयर पुँजीकरण) समेत १ खर्ब १९ अर्ब ३३ करोड ४० लाख रुपैयाँले बढ्दै २८ खर्ब ५८ अर्ब ६ करोड २० लाख रुपैयाँमा पुगेको छ ।

अघिल्लो साताको अन्तिम दिन यस्तो मार्केट क्यापिटलाइजेशन ५६ अर्ब २३ करोड ७० लाख ६६ हजार रुपैयाँले बढ्दै २७ खर्ब ३८ अर्ब ७२ करोड ८० लाखरुपैयाँ कायम भएको थियो ।

यस साता जम्मा चार दिन खुलेको बजारमा चारै दिन नेप्से सूचक सकारात्मक रह्यो । जेठ ७ गते अर्थात् मे २१ का दिन १८ सय ७७.३२ अंकबाट कारोबार भएको नेप्से सूचक सोही दिन ५.८९ अंकले बढ्दै १८ सय ८३.२० अंकको विन्दुमा उक्लियो ।

दोस्रो दिन थप ८.११ अंकले बढ्दै १८ सय ९१.३१ अंकको विन्दुमा उक्लिएको नेप्से सूचक तेस्रो र चौथो दिन क्रमशः ५१.३२ अंक र १६.४९ अंकले नेप्से बढ्दै १९ सय ५९.१२ अंकको विन्दुमा उक्लियो । 

मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि वित्त बजार खुकुलो हुँदा ब्याजदर समेत घट्ने अपेक्षासहित बजार पुन बुलतर्फ अग्रसर भएको लगानीकर्ताहरुको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस