काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुने बताएका छन् ।सामाजिक सन्जाल फेसबुकमार्फत लेख्दै लामिछानेले नागरिकता र राहदानीको कुरालाई लिएर आफूलाई इरिटेट गरिएको बताएका हुन् ।उनीमाथि सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै पुन: हिजो युवराज सफलले सर्वोच्चमा अर्को रिट दायर हालेका छन् ।
चेतावनीयुक्त भाषामा उनले लेखेका छन्:
मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।
१) सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।
२) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।
४) घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो
बयानका लागि रविलाई ल्याइयो सिंहदरवार
जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो
नख्खु कारागार फर्किए रवि लामिछाने
‘मलाई जबरजस्ती निकालिएको हो, समातेर कस्टडीमा राखे हुन्छ’ : रवि लामिछाने