ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

सफल खबर संवाददाता

विहीबार, ११ जेठ २०८०, ०७ : ५२
ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुने भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार पहिलो खेल च्यासल मैदान र  दोस्रो खेल एन्फा कम्प्लेक्समा हुनेछ ।  

जसअनुसार च्यासल मैदानमा दिउँसो ३ बजे मनाङ मस्र्याङदी र चर्च ब्वाईज बिच प्रतिस्पर्धा हुनेछ  । 

यस्थै एन्फा कम्प्लेक्समा पनि ३ बजे नै  सातदोबाटो र फेन्डस क्लबका बिच प्रतिस्पर्धा हुनेछ ।