काठमाडौं। देशका विभिन्न स्थानबाट पाँचजना लागुऔषधसहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ स्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोईन १० ग्राम ५ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७० हजार रुपैयाँसहित पाँचथर फिदिम नगरपालिका-१० ठेगाना भएका ३९ वर्षीय दिनेश लोवालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधार लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको साथबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ५ सय मिलिग्राम र सोही ठाउँस्थित डेरा कोठाबाट थप ९ ग्राम खैरो हेरोईन, डिजिटल तराजु १ थान र नगद ७० हजार रुपैयाँ बरामद गरेको हो । ललितपुरकाे महालक्ष्मी नगरपालिका-८ लुभुबाट अवैध लागूऔषध खैरो हेरोईन २ ग्रामसहित पाँचथर फिदिम नगरपालिका-१ ठेगाना भएका २९ वर्षीय निश्चत श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।कैलालीकाे टीकापुर नगरपालिका-९ खैरीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ सय मिलिग्रामसहित गौरीगंगा नगरपालिका-६ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
महोत्तरीकाे एकडारा गाउँपालिका-३ अजमरपट्टीबाट अवैध लागूऔषध गाँजा करिब १ सय केजीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी गाउँपालिका-१ बस्ने २९ वर्षीय रुपेश गोले र सोही ठाउँ बस्ने २६ वर्षीय अनिल पाख्रिन रहेका छन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले प्रदेश ३-००१ क ०२६९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी ट्रकका चालक रुपेश र सहचालक अनिललाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ जेठ २०८०, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने तीन जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ