काठमाडौं। सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गरेका छन । अध्यक्ष ओलीको नामै नलिई उहाँले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने बताए।
आईतबार ओलीले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम स्विकार गर्न नसकिने अडानसहितको धारणा राखेका थिए । सोमबार अध्यक्ष नेपालले ओलीको सो अभिव्यक्ति अरुलाई खोचपेज हुने गरी आएको भन्दै आलोचना गरे । उनले सरकारमा रहन नसक्नुको कारणबारे पनि अरुलाई दोष नदिन ओलीलाई सचेत गराए । अध्यक्ष नेपालले ओलीले आफ्नो सम्बोधनमा अरुलाई सत्तोसराप गरेको र आफ्नो कमजोरी भने स्विकार नगरेको आरोप समेत लगाए।
ओलीमा व्यक्तिवाद रहेको र त्यो सबैभन्दा ठूलो समस्या रहेको पनि उनले दोहो¥याए । अध्यक्ष नेपालले भ्रष्टचारको जालोलाई तोडने काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल