काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष माधव नेपालले देशको अर्थतन्त्रमा रहेका समस्याहरुलाई १५ वटा बुँदामा समेटेर प्रस्तुत गरेका अध्यक्ष नेपालले अराजकताकै कारण भ्रष्टाचार मौलाएको बताए ।
इमानदारिता र कर्तव्यनिष्ठा र मेहनत गर्ने प्रवृतिमा कमी आउनु पनि नेपाली अर्थतन्त्रमा देखा परेका समस्याहरुको कारण रहेको उनको व्याख्या छ । यावत समस्याहरुलाई समाधान गर्दै मुलुकको समग्र विकासमा सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
‘यो दिनमा मन्त्री भइसकेका एकसेएक छन, प्रधानमन्त्री भइसकेका व्यक्तिहरु पनि छन, बौद्धिक व्यक्तित्वहरु पनि छन्, सामाजिक अभियन्ताहरु पनि छन, यो सदनमा देशको हितको रक्षा गर्ने एकसेएक योद्धाहरु पनि छन । यी जम्मैको ज्ञान, बुद्धि र अनुभवलाई संगाल्ने हो भने के हामी यो देश बनाउन सक्दैनौं ?’ अध्यक्ष नेपाल आफै जवाफ दिन्छन्, ‘अवश्य बनाउन सकिन्छ ।’
यसका निम्ति आपसमा सहकार्यको आवश्यकता रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह