काठमाडौँ । नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपचारको व्यवस्था ल्याउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सांसद घिमिरेले सरकारले सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
सांसद घिमिरेले नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थमा निजी क्षेत्रको सहभागिताको विषय नआएको उल्लेख गर्दै पेट्रोलियम पदार्थमा निजी क्षेत्रलाई समावेश गराउनुपर्ने धारणा राखे । नेपाल आयल निगमलाई प्रतिस्पर्धि बनाउन निजी क्षेत्रको प्रवेश आवश्यक रहेको उनको भनाई छ ।
सांसद घिमिरेले सीमान्तकृत र विपन्न तहका नागरिकका लागि वडा तहमा सहुलियत खाद्यान्न पसल राख्नेकुरा अस्पष्ट भएको भन्दै यस्तो कुरा नराखेको भएपनि हुने धारणा व्यक्त गरे । ६० प्रतिशत लक्ष्य भेट्नेगरी बजेट निर्माण गर्न सरकारलाई उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै