जलवायु परिवर्तनका प्रभावबारे तीनदिने युवा सम्मेलन हुँदै

सफल खबर संवाददाता

शुक्रबार, ०५ जेठ २०८०, १२ : ०१
जलवायु परिवर्तनका प्रभावबारे तीनदिने युवा सम्मेलन हुँदै

काठमाडौँ । जलवायु परिवर्तनबाट प्रभावित दक्षिण एसिया क्षेत्रलाई यो संकट संकटसँग जुध्न सक्षम पार्ने उपायको खोजी गर्ने उद्देश्यले शुक्रवारदेखि राजधानीमा ३ दिने अन्र्तराष्ट्रिय सम्मेलन सुरु हुन लागेको छ । 

विश्वका १४ देशका १०० यूवाहरुको सहभागिता हुने यो सम्मेलनको मुख्य बिषय ‘हिमालय क्षेत्रमा जलवायु उत्थानशिलता, सबैको लागि भलाई’ रहेको छ । ग्लोबल सेपर्स कम्यूनिटी काठमाडौँ र एनसेल एक्जियाटाको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनमा सहभागीहरुले जलवायु उत्थानशिलताका लागि नविनतम र अन्यत्र लागु गर्न सक्ने समाधानका उपायहरुको वारेमा छलफल गर्नेछन् ।

यो बर्षको सम्मेलन दक्षिण एसियाली राष्ट्रमा आयोजना गरिएकाले ‘सेप साउथ एसिया–२०२३’ नाम दिइएको यो सम्मेलनमा विभिन्न विषयगत सत्रहरुमा आयोजना हुनेछन् भने यूवा तथा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संस्थाहरुको आवाज समेटेर एउटा पैरबी पत्र अर्थात एडभोकेसी पेपर समेत जारी गरिनेछ ।  

सम्मेलनको दौरानमा सिएनआई, नेपाल चेम्वर अफ कमर्श तथा सीउनआईवाईइएफ जस्ता नीजि क्षेत्रका प्रतिनिधीमुलक संस्थाले जलवायु परिवर्तन न्यूनीकरण गर्न संयुक्त प्रतिवद्धता व्यक्त गर्नेछन् । सम्मेलनमा सहरमा आधारित परियोजनाको घोषणा गरिनेछ भने व्यवशायिक तथा नीजि क्षेत्रले  जलवायु परिवर्तनमा के कस्तो योगदान गर्न सक्छन भन्ने विषयमा छलफल हुनेछ । 

सम्मेलनलाई  सहयोग गरेको एनसेलका प्रमुख कार्यकारी जाबोर कायुमोभ भन्छन्, ‘एक्जियाटा समुहको वृहत रणनीतिक खाका अन्र्तगतको वातावरणिय, समामाजिक तथा सुशासन नीति अनुसार दिर्घकालनीन महत्वको योजनामा हाम्रो समर्थन छ । यो अन्तर्राष्ट्रिय सम्मेलनले जलवायु उत्थानशिलताका लागि अपासी सहकार्यको विकास गर्नेछ भने व्यवशाय र पृथ्वी दुवैलाई बाच्न सक्ने वातावरणको सिर्जना गर्न योगदना गर्नेछ ।’

सम्मेलनको स्थानीय आयोजक  ग्लोबल सेपर्स काठमाडौ रहेकोछ भने स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेशन(एसडीसी), सेक्युरिटीपल, कोकाकोला, एनआइविल एस क्यापिटल, नेबिल वैक र इसिमोडले सम्मेलनलाई सहयोग गरेकाछन् ।  यसैगरी क्लाइमेट रियाल्टी टिम र योेङ ग्लोबल लिडर्सले सम्मेलनको प्राविधिक पक्षलाई संयोजन गरेकाछन् ।

प्रतिक्रिया दिनुहोस