दक्षिण एसियाका लागि विश्व बैंक उपाध्यक्षमा जोहान्स जुट नियुक्त

सफल खबर संवाददाता

सोमबार, १६ असार २०८२, १४ : २६
दक्षिण एसियाका लागि विश्व बैंक उपाध्यक्षमा जोहान्स जुट नियुक्त

काठमाडौँ । सन् २०१३ देखि २०१५ सम्म नेपाल, बंगलादेश तथा भुटानका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक भएर काम गरेका जोहान्स जुटलाई बैंकले दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्षको रूपमा नियुक्त गरेको छ ।

उनले यसअघिका उपाध्यक्ष मार्टिन राइजरको स्थान लिनेछन् । उनको नियुक्ति १ जुलाई २०२५ देखि लागु हुने विश्व बैंकले जनाएको छ । दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्षको रूपमा जुटले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकासँग विश्व बैंकका सम्बन्ध व्यवस्थापन गर्नेछन् ।

साथै, उनले यस क्षेत्रको कुल ३९ अर्ब अमेरिकी डलर बराबरको परियोजना, प्राविधिक सहायता र वित्तीय स्रोतहरूको पोर्टफोलियोको व्यवस्थापन गर्ने विश्व बैंकले जनाएको छ ।जुटको नेतृत्वमा दक्षिण एसिया क्षेत्रलाई रोजगारी सिर्जना, जलवायु तथा विपद् प्रतिरोध, मानव पूँजी विकास र निजी पूँजी परिचालनका क्षेत्रमा सहयोग जारी राख्ने विश्व बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस