काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रमम प्रस्तुत गर्ने भएका छन ।
स्वास्थ्यका कारण नीति तथा कार्यक्रम प्रस्तुत नगर्ने भन्ने संशयका बिचमा अन्तत: राष्ट्रपति पौडलले आज आफै प्रस्तुत गर्ने भएका हुन ।
‘स्वास्थ्यका कारण राष्ट्रपतिज्यूले सरकारको नीति तथा कार्यक्रम पेश नगर्ने भन्ने बाहिर कुरहरु आएका थिए तर राष्ट्रपतिले आफै प्रस्तुत गर्ने निधो भएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने । उनका अनुसार राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न कुनै समस्या रहेको छैन ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले आर्थिक बर्ष २०८०/८१ का लागि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हाे ।
प्रधानमन्त्री प्रचण्डले सरकारले सो नीति तथा कार्यक्रम ल्याउने भए पछि यसअघि नै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई संसदको तयारी गर्नका लागि यसअघि नै अनुरोध गरिसकेका छन ।
भ्रष्टचारीलाई कारबाही गर्ने प्रमुख अजेन्डासमावेश गरेर सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिले स्वास्थ्यका कारण असम्भव भएमा प्रधानमन्त्री दाहालले नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यसअघि चर्चा भएको थियो । तर, राष्ट्रपति पौडेलले नै प्रस्तुत गर्ने टुंगो भएको हो । राष्ट्रपतिमा निर्वाचित भए पछि पहिलो पटक पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन ।
पौडेलले २०८० साल जेठ ५ गते शुक्रबार १६:०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने ससद सचिवालयले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ जेठ २०८०, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज, यी हुन प्राथमिकताका विषय
नीति तथा कार्यक्रममाथिको छलफल सकियो
सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिँदै, प्रधानमन्त्रीले संसदमा जवाफ दिने
नीति तथा कार्यक्रम : बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
स्नातकमाथिका विद्यार्थीलाई हप्ताको २० घण्टा काम, न्यूनतम ज्याला