काठमाडौ । हिम रिभर पावर लिमिटेडले शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन गर्ने उक्त आईपीको लागि निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ भने विक्री प्रबन्धक नियुक्त गर्नेसम्बन्धी रिभर पावर र सिद्धार्थ क्यापिटलबीच सम्झौता भएको छ ।
कम्पनीले २६ करोड ६० लाख रुपैयाँ बराबर २६ लाख ६० हजार कित्ता आइपीओ निष्काशन गर्नेछ । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाका स्थानीय वासिन्दाका लागि आईपीओ निष्काशन गर्नेछ। आयोजना प्रभावितका लागि सर्वसाधारणका लागि कम्पनीले १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता निष्काशन गर्नेछ ।
त्यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ विक्री गर्ने जनाएको छ । कम्पनीले सर्वसाधारणलाई १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता बिक्रि गर्ने जनाएको छ ।हिम रिभर पावर लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा वार्षिक उत्पादन क्षमता ९४.४० गिगावट र जडित क्षमता १६.२६ मेगावाट भएको लिपिङ खोला हाइड्रोपावर परियोजना निर्माण गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालंगा हाइड्रोको आईपीओ बाँडफाँड
स्नो रिभर्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट