काठमाडौं । दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।
गएराति करिब साढे १० बजेतिर चट्याङ लाग्दा डुंगेश्वर गाउँपालिका-२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
उनीहरु घरभित्रै सुतिरहेका बेला चट्याङ लागेको थियो । घाइते भएकाहरुको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरुलाई गएराति नै एम्बुलेन्समार्फत दैलेख अस्पताल पुर्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर पर्वतमा पुरुष र महिलाको मृत्यु
चितवनसहित काठमाडौंमा भिषण हावाहुरी
दैलेखमा चट्याङ लागेर बालिकाको मृत्यु
चितवनमा चट्याङ लागेर एकै घरका तीन घाइते
चट्याङ लागेर एकको मृत्यु, सात जना घाइते
प्रहरी चौकीमा चट्याङ लागेर सहायक हवल्दारको मृत्यु