काठमाडौं । सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा बाह्रदशी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौलालाई प्रहरीले पक्राउ गरेको छ ।
निरौला समेतले १२ जनालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर पठाई प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ९५ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनांगलबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ