काठमाडौँ । नाकको प्वालमा लागुऔषध लुकाएर तस्करी गर्दै गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बर्दियाको बढैयाताल–८ कण्ठपुरबाट गुलरिया नगरपालिका बस्ने बब्लु राढलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनको साथबाट नाकको प्वालमा सेतो प्लास्टिकको पुडियामा राखिएको २८० ग्राम खैरो रङको ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ । राढलाई बिहीबार बर्दिया जिल्ला अदालतमा पेस गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ
लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ