काठमाडौं । निर्वाचन आयोगले दुई बर्षसम्म लेखा परिक्षण प्रतिवेदन पेश नगर्ने राजनीतिक दललाई कारबाहीको प्रक्रिया अघि बढाएको छ ।
आज सार्वजनिक सुचना जारी गर्दै आयोगले ५ वटा राजनीतिक दललाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र सो लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गर्नुपर्ने कानुनी दायित्व रहेको आयोगले स्मरण गराएको छ ।
‘आर्थिक वर्ष २०७७÷७८ र २०७८÷७९ को लेखा परीक्षण प्रतिवेदन निरन्तर दुई आर्थिक वर्षसम्म पेस नगर्ने तपसिल बमोजिमका ५ (पाँच) वटा राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन कानुन बमोजिम तोकिएको समयावधिभित्र किन पेस नगरेको हो ? लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गर्ने कार्य नगरेकोले तपाईंलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (क) बमोजिम किन कारबाही हुनु नपर्ने हो ? आफ्नो सफाइ सहितको स्पष्टीकरण सोही ऐनको सोही दफा ५४ को उपदफा (८) बमोजिम ७ (सात) दिनभित्र आयोगमा पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ आयोगले भनेको छ, ‘साथै आर्थिक वर्ष २०७७÷७८ र २०७८÷७९ को लेखा परीक्षण प्रतिवेदन निरन्तर दुई आर्थिक वर्षसम्म पेस नगर्ने राजनीतिक दलहरूको विवरण आयोगको वेबसाइटमा हेर्न सकिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।'
जसअनुसार शिव सेना नेपाल, मुस्कान सेना नेपाल, आम आदमी पार्टी, नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह