धनगढी । दार्चुलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।
शैल्यशिखर नगरपालिका-३ दुवेडीका १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको हो
चट्याङ लागेर सोही ठाउँका अन्दाजी ३९ वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएकाे जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।
मीना र नरेश आमा छोरा हुन्। सोमबार साँझ खेतमा काम गरिरहेका बेला उनीहरूलाई चट्याङ लागेको थियो।
चिउरी रुखमा चट्याङ परेको र रुख नजिकै खेतमा काम गरिरहेका तीनै जनालाई चट्याङ लागेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ बैशाख २०८०, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु
चट्याङ लागेर एक महिलाको मृत्यु
रौतहटमा चट्याङ लागेर वृद्धको मृत्यु
चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु
झापामा चट्याङ लागेर २ जना घाइते
चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु