काठमाडौं । सर्बियाको राजधानी बेलग्रेडस्थित एक विद्यालयमा १३ वर्षीय बालकाले गोली चलाउँदा नौजनाको मृत्यु भएको छ । प्राथमिक विद्यालयमा अध्ययनरत ती बालकले आफ्नो बुबाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गर्दा नौजनाको मृत्यु भएको र सातजना घाइते भएका छन् ।
मृत्यु हुनेमा आठजना विद्यार्थी र एकजना सुरक्षागार्ड रहेका छन् । घाइते हुनेमा ६ जना विद्यार्थी र एकजना शिक्षक छन् । योजनाबद्ध रुपमा ती बालकले गोली चलाएको र उनलाई पक्राउ गरिएको सर्बिया प्रहरीले जनाएको छ । सो घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति एलेक्जेन्डर बुसिकले तीनदिने शोकको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ बैशाख २०८०, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या