काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ ढङ्गबाट पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । एमाले काठमाडौँ महानगरपालिका कमिटीद्वारा आयोजित मिसन ग्रासरुट अभियान सम्मान तथा प्रशिक्षण कार्यक्रममा उनले पार्टीलाई नयाँ ढङ्गबाट शुद्धीकरण गर्दै एकताबद्ध बनाउनुपर्नेमा जोड दिए ।
एमालेको मजबुत सङ्गठनलाई पुनर्ताजगीका साथ एकताबद्ध बनाउन आवश्यक रहेको उनको भनाइ छ । उनले पार्टी सुदृढ, शुद्ध, एकीकृत र गतिशील हुनुपर्ने बताए । “यो पक्षलाई भाग, ऊ पक्षलाई भाग पार्टीभित्र हुँदैन । योग्यता, क्षमता, सक्रियता, योगदानले हेरेर पार्टीले जिम्मेवार दिन्छ”, उनले भने ।
अध्यक्ष ओलीले सङ्गठन सुदृढीकरणका लागि सञ्चालन भएको ग्रासरुट अभियान अझ नपुगेको र यसलाई निरन्तरता दिनुपर्ने बताए । “अझ संयमित ढङ्गले कमिटी निर्माण, परिचालन, सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्नुपर्दछ”, उनले भने ।
उनले एमाले कुनै ठाउँमा नेता तथा कार्यकर्ता नपुगेर कमजोर रहेको भनाइ राखे । सर्वाधिक जनताले मन पराएकाले प्रमुख शक्ति एमाले रहे पनि एमाले सुदृढ भएका ठाउँमा कोही पनि साथीले जित्न नसकेको उनको थियो ।
एमाले कार्यकर्ता इमान, निष्ठा र आदर्शको पक्षमा रहेको भन्दै अध्यक्ष ओलीले भने, “एमाले कार्यकर्ता बेइमान हुँदैनन्। बेइमान छ भने त्यो एमाले कार्यकर्ता होइन ।” नयाँ पुस्तालाई विभिन्न सङ्गठनमार्फत उत्तराधिकारीका रूपमा पार्टीमा ल्याउनुपर्ने उनले बताए ।
कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बेला अझ एकताबद्ध हुनुुपर्ने बताए। “अहिले एमालेभित्र यो चित्त बुझेन, उ चित्त बुझेन, माथि चित्त बुझेन, तल चित्त बुझेन भनेर बस्ने बेला होइन”, उनले भने, “एमालेलाई एकताबद्ध बनाउने, असझदारी छ भने दूर गर्दै पार्टीलाई नयाँ ढङ्गबाट लैजानुपर्दछ ।” उनले नयाँ युवा साथीलाई पार्टीको जिम्मेवारी दिनुपर्ने भनाइ राखे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ बैशाख २०८०, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारीको पक्षमा खुल्न चाहनेहरूलाई रोक्न केपी ओलीले बनाए यस्तो रणनीति
एमालेको अस्तित्व मेटाउन खोज्नेहरू असफल भइसके : केपी ओली
पार्टीभित्रै एक्लिदै ओली !
भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण
प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण भएपछि केही दिन आराम गर्न चिकित्सकको सुझाव