नयाँदिल्ली । आफ्नो सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न भारत– चीन सहमत भएका छन् । भारत र चीनबीच हालै चीनको चुसुल मोल्दोमा भएको १८ औँ चरणको सैन्य वार्तामा उक्त सहमति भएको हो ।
भारत र चीन वास्तविक नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) को पश्चिमी क्षेत्रको भूमिमा सुरक्षा र स्थायित्व कायम गर्न सहमनत भएका हुन् । दुवै देशले निकट सम्पर्कमा रहने, सैन्य एवम् कूटनीतिक माध्यमबाट वार्तालाई निरन्तरता दिन तथा समाधान गर्न बाँकी सबै मुद्दा पारस्परिक सहमतिमा निरुपण गर्ने प्रतिबद्धता जनाएका छन् ।
“पश्चिमी क्षेत्रको लाइन अफ कन्ट्रोलसँग सम्बन्धित विवाद समाधान गर्न दुवै पक्षबीच गहन छलफल भएको छ , सीमा क्षेत्रमा शान्ति स्थापना गर्ने तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने सहमति भएको छ,” बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
पाँच महिनाको अन्तरालमा चीन र भारतका सैन्य अधिकारीबीच उक्त बैठक भएको हो । दुवै देशका लेफ्टिनेन्ट जनरलले नेतृत्व गरेको उक्त बैठकमा चीन र भारतका उच्च सैनिक अधिकारीको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १९ बैशाख २०८०, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?