काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेताबाट डीपी अर्यालले राजीनामा दिएका छन् । अर्यालले शनिबार एक वक्तव्य जारी गर्दै संसदीय दलको नेताको पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
पार्टी सभापति रवि लामिछाने उपनिर्वाचनबाट पुनः निर्वाचित भएको सन्दर्भमा उनी नै संसदीय दलको नेता हुनुपर्छ भन्ने अभिमतका साथ आफूले राजीनामा दिएको अर्यालले जनाएका छन् ।
‘हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत रहेको हुँदा मैले यो जिम्मेवारीमा नरहनु उपयुक्त हुने भएकाले आजकै मिति देखि लागू हुने गरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको छु’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ बैशाख २०८०, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तह निर्वाचन लक्षित तयारीमा रास्वपा, उम्मेदवारका लागि प्रशिक्षण अनिवार्य
रास्वपाको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, के भयो कुराकानी ?
सरकार ‘आलोकाचो’ निर्णयमा लागेको भन्दै रास्वपाभित्रै असन्तुष्टि
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी ( सूचीसहित)
रास्वपाको दुई मापदण्ड : साहलाई तुरुन्त कारबाही, गुरुङमाथि मौनता