काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेताबाट डीपी अर्यालले राजीनामा दिएका छन् । अर्यालले शनिबार एक वक्तव्य जारी गर्दै संसदीय दलको नेताको पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
पार्टी सभापति रवि लामिछाने उपनिर्वाचनबाट पुनः निर्वाचित भएको सन्दर्भमा उनी नै संसदीय दलको नेता हुनुपर्छ भन्ने अभिमतका साथ आफूले राजीनामा दिएको अर्यालले जनाएका छन् ।
‘हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत रहेको हुँदा मैले यो जिम्मेवारीमा नरहनु उपयुक्त हुने भएकाले आजकै मिति देखि लागू हुने गरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको छु’, उनले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ बैशाख २०८०, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो
निर्वाचनलक्षित वाचा पत्र तयार गर्दै रास्वपा
रास्वपाद्वारा समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया सुरु, आवेदन दिन आह्वान
रुपन्देही–३ बाहेक अन्यत्र उम्मेदवार चयन भएको छैन : रास्वपा
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै
रास्वपा र विवेकशीलबीच एकीकरणका लागि भोलि एकता घोषणा सभा हुँदै