कञ्चनपुर । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दाेहाेराे अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागेको हो । योसँगै सुचक १८८५.६० को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक ४ अंकले घटेको छ । सूचक ३५९.१३ विन्दुमा पुगेको छ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर खरिद बिक्री हुँदा ८२ करोड ८५ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। नेप्से सुचकमा २९ कम्पनीमा वृद्धि भएको छ ।
१८८ कम्पनीमा ओरालो लागेको र २ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा मोलुङ हाईड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ३ करोड ११ लाख भन्दाबढि रुपैयाँको कारोबार गरेको छ । यसैगरि सिवम सिमेन्टको २ करोड ८९ लाखको कारोबार भएको हो । मंगलबार सबै उपसुचक कम्पनीहरुमा ओरालो लागेको छ । आइतबार सनराइस ब्लूचिप कोष, आदर्श लघुवित्त वित्तिय संस्था र कालिन्चोक दर्शनको १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० बैशाख २०८०, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार