बारा । बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मंसिर ४ गते सम्पन्न चुनावबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता सहभागी हुँदैछन् । जसमा ५८ हजार ९ सय ३४ पुरुष र ४६ हजार ३१४ महिला मतदाता छन् ।
यस क्षेत्रमा ८२ मतदान स्थल छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले शान्तिपूर्ण रूपमा मतदान भइरहेको र बिहान देखिनै मतदाताको उपस्थिति उल्लेख्य र उत्साहजनक रहेको जानकारी दिएका छन् ।निर्वाचनका लागि मुख्य राजमार्गबाहेक अन्य सडकमा सवारी आवागमनमा रोक लगाइएको छ भने भारतसंग जोडिएको सिमा नाका बन्द गरिएको छ । निर्वाचनको सुरक्षामा दुई हजार ५०० भन्दा बढी सुरक्षाकर्मी खटिएका छन् ।यस निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जसपाबाट उपेन्द्र यादव, जनमतबाट शिवचन्द्र कुश्वाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, आम जनता पार्टीबाट अरुण ज्ञवालीलगायतले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० बैशाख २०८०, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय